
काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई पक्षले आफूहरू वर्तमान गठबन्धनको पक्षमा रहेको बताएको छ ।
निर्वाचन आयोग पुग्नुभएका नेता राजेन्द्र श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान सरकारलाई समर्थन रहने बताउनु भयो ।
उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उहाँको भनाइ थियो । ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, त्यसले अस्थिरता ल्याउने भयो । त्यसैले यो कदम चाल्नु परेको हो ।’
नयाँ पार्टीको संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ ।
सरकारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री हुनुहुन्छ । नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री हुनु हुन्छ । सुडी पनि विभाजित समूहमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच