काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नु भएको छ ।
स्रोतका अनुसार सात सांसदहरुमा अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर लगायत हुनुहुन्छ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री रहनुभएको जसपा अध्यक्ष उपेन्द्र यादव अहिले अमेरिकामा हुनुहुन्छ । संघमा सत्ता साझेदार जसपाका १२ सांसद छन् । त्यसमध्ये ७ सांसदले विद्रोह गरेका हुन् ।






