राजनीतिक दल र तिनका नेताको हातमा नेतृत्व पुगेको चार दशक बित्दा पनि देशको विकास राम्ररी हुन सकेन । आज नेपाली युवायुवतीहरू देश छाडेर विदेश पलायन भइरहेका छन् । गाउँघर सबै रित्ता भइरहेका छन् । यस्तो अवस्थामा राजनीति दल र तिनका नेताहरूमा कुनै चिन्ता छैन । आफ्नो घरपरिवारको राम्रो बन्दोबस्त गर्नेबाहेक नेताहरूले केही सोचेका छैनन् । देशमा भ्रष्टाचारले सीमा नाघेको छ । लुट्नेहरू आलोपालो लुटिरहेका छन् । युवाहरू बेरोजगार छन् । नपढेका नेताहरूले देश चलाइरहेका छन् । पढे–लेखेका युवाहरूले गाडी चलाइरहेका छन् । यही परिभेष रहिरहे देशको स्थिति चाँडै सङ्लने संकेत देखिँदैन । जनतामा आशा जगाउने काम वर्तमान सरकारले गर्न सकेन ।
मानिस जीवन धान्न सकिरहेका छैनन् । देशमा व्यापार-व्यवसाय चौपट छ । महँगीले आकाश छोएको छ । सबै कुरा हेर्दा दिक्क लाग्दो छ । यस्तो स्थिति होला भनेर कसैले सोचेका थिएनन् तर आज सर्वसाधरण जनताको अवस्था झन्-झन् दयनीय बन्दै गएको छ । मुलुकमा आर्थिक मन्दी बढेको छ । जनताका समस्या समाधान नभएपछि लोकतन्त्र/गणतन्त्र आएर पनि मानिस उति खुशी छैनन् । जता हे¥यो त्यस्तै नाजुक छ ।
मुलुक बनाउन भिजन भएका नेता पाउन मुस्किल छ । सत्ता स्वार्थका लागि नेताहरू एक-आपसमा कलह तथा मनमुटाव गरिरहन्छन् । देश सुस्त हुनुको कारण रोजगारलाई उत्थान गर्न नसक्नु, आर्थिक मन्दी हुनु हो ।
सर्वसाधरण मानिस दिन-प्रतिदिन समस्यै समस्याको भारिले थिचिएका छन् । देशमा जलविद्युत्, पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने जरुरी देखिन्छ । विकासको गतिमा उति फड्को मार्न सकेको छैन । स्वदेशमै रोजगारको सिर्जना गरी बेरोजगार समस्या समाधान गर्न सकेको छैन । मुलुक हाँक्नेहरू तथा प्रतिपक्षहरूको कुर्सीको खिचातानीले नेपालीहरूको राम्रा दिन र जिन्दगी खेर गइराखेको देखिन्छ । देशमा प्रायः मानिसको चाहना राजनीतिमा जाने र सजिलो तरिकाले पैसा कमाउने धन्दा भइसकेको छ ।
शायद यही कारणले राजनीतिक बदनाम भइराखेको छ । राजनीतिमा परिवारवाद हावी हुँदैछ । परिवारवादको राजनीति संस्कारको अन्त्य हुनु आजको आवश्यकता हो । राजनीति विकृतिले जरा गाडिरहेको छ । देशमा बाँझो जग्गा बढेर गइरहेको छ तर सरकारको भिजन देखिएन । देशको भविष्य बनाउन सरकारसँग भिजन र मिसनल हुन जरुरी हुन्छ । कुर्सीमा बस्नेहरू राम्रो सोच लिएर बदलिनु जरुरी छ । देशमा नेताले नेताको खुट्टा तान्ने संस्कार हाबी छ । देशमा जुन सरकार आए पनि आफ्नैमात्र फाइदा हेर्ने बढी भए । मुलुक बनाउन भिजन भएका नेता पाउन मुस्किल छ । सत्ता स्वार्थका लागि नेताहरू एक-आपसमा कलह तथा मनमुटाव गरिरहन्छन् । देश सुस्त हुनुको कारण रोजगारलाई उत्थान गर्न नसक्नु, आर्थिक मन्दी हुनु हो ।
मुलुक कस्तो बनाउने भन्ने दूरदर्शी नेताको हातमा हुन्छ । सही भिजन र मिसन भएको नेता भयो भने मुलुक बन्न धेरै कुर्नु पर्दैन । नेपालको सन्र्दभमा भन्दा आफ्नो दुनो सोझ्याउने कार्यले मुलुक अगाडि बढ्न सकेन । सरकारमा रहनेहरूले आफ्नो र आफ्नो दल, परिवारको चिन्ता गर्न छोडी उदार मन लिएर बदलिनुपर्छ । विदेशीको गुलामी गर्न छोडनुपर्छ । विदेशीसँग देशको आन्तरिक कुरा गर्नु राम्रो कुरा होइन ।
यसैगरी विदेशीको ऋणभार धेरै बोक्नु हुँदैन । विस्तारै ऋणभार तिरेर देश र जनतालाई स्वाभिमानी बनाउनुपर्छ । विदेशी ऋण खाएर हामी सधैं विदेशीको नोकरजस्तो भएर बस्न सुहाउँदैन । संघीयताको देशमा औचित्य देखिँदैन ।
स्थिर सरकार बन्न कुनै एक पार्टीले मात्र दुई तिहाइ बहुमत ल्याउनुपर्छ । यो समानुपातिक निर्वाचन प्रणालीले कुनै एक पार्टीलाई दुई तिहाइ बहुमत ल्याउन दिँदैन । ८४ सालको निर्वाचनपछि पनि अवस्था यस्तै भइरहने हो कि ? समानुपातिक निर्वाचन प्रणाली खारेज ?
संघीयताले गर्दा देशमा आर्थिक बोझबाहेक फाइदा देखाएको छैन । संघीयताले राजनीति दलका नेता र कार्यकर्ता पाल्ने कामबाहेक अरू केही गरेन । संघीयताको अभ्यास गरेको धेरै समय हुन थाल्यो । यसबाट के फाइदा लिन सकियो ? देश पूरै टाट पल्टिन थाल्यो । गम्भीर भएर सोच्न सकिएन भने देश बर्बाद हुने निश्चित छ । मुलुकको भविष्य कायापलट गर्न संघीयता असफल भएको छ । यही शैलीमा संघीयता रहिरहने भए सोचनीय विषय छ । नयाँ संविधान-२०७२ कार्यान्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरबारमा निहित अधिकार जनताको घरदैलोमा पुग्ने अपेक्षा गरिएको थियो । तर, नागरिकले विकास निर्माण, सर्वसुलभ सेवा र अधिकारको विकेन्द्रीकरण नभई बेथिति, भ्रष्टचारलगायत विषय विकेन्द्रीकरण भएपछि संघीयताबारे प्रश्नचिहृन खडा भएको छ ।
मुलुककै लागि चिन्ता गर्ने एक जना नेता छैनन् । अनि यो देश बन्छ ? स्वार्थी नेताहरूका कारण देश बर्बादीको दिशातर्फ उन्मुख छ । राजनीति दल र तिनका नेतादेखि टाठाबाठा कार्यकर्ताले प्रशस्त धनसम्पत्ति थुपारेर राखेका छन् । सामान्य कार्यकर्तासम्मले रातारात पैसा कमाएर सान दिएर हिँडेका छन् । व्यवस्था बदलियो जनताको अवस्था उस्तै अवस्थामा छ । व्यवस्था त सीमित नेता र कार्यकतालाई बदलिएको जस्तो लाग्यो । सर्वसाधरण जनताको अवस्थामा परिवर्तन आउन सक्दैन भने यो व्यवस्थाको के काम ?
जनता सडकमा निस्किरहेका छन् । असन्तुष्टिका स्वरहरू गुञ्जिरहेका छन् । काले काले मिलेर खाऊँ भाले अब यसरी चल्दैन । सरकारले कुनै आशलाग्दो काम गरेर देखाउँन सकेन । जनताको भविष्यमाथि खेलबाड गर्नेहरूलाई जनताले सजाय दिएर छोड्ने छन् । अस्थिर राजनीतिमा देशको विकास गर्न सकिँदैन । देशको विकासका लगि स्थिर सरकार बन्नुपर्छ । स्थिर सरकार बन्न कुनै एक पार्टीले मात्र दुई तिहाइ बहुमत ल्याउनुपर्छ । यो समानुपातिक निर्वाचन प्रणालीले कुनै एक पार्टीलाई दुई तिहाइ बहुमत ल्याउन दिँदैन । ८४ सालको निर्वाचनपछि पनि अवस्था यस्तै भइरहने हो कि ? समानुपातिक निर्वाचन प्रणाली खारेज ? त्यसो भयो भनेमात्र देशमा राजनीतिक स्थिरता कायम हुन्छ ।
हाम्रो पुस्ताले त दुःख पायो पायो अब भावी पुस्तालाई पनि दुःख दिने कि देशको भविष्य राम्रो बनाउने ? अहिलेको राजनीतिबाट भावी पुस्ताले के सिक्ने र के सिकाउने ? अब राजनीति दल र तिनका नेताहरू देश र जनताप्रति जिम्मेवार बन्नुपर्ने हो । कुराले होइन, काम गरेर देखाउने समय हो यो । जनतालाई भ्रममा पारेर होइन, मन जितेर भोट लिने समय हो । छलछामको राजनीति होइन, निष्ठा र इमानको राजनीति गर्ने समय हो । देशको राजनीति अवस्था बुझेर दलहरू अघि बढ्न नसके आफैं सकिने छन् । आजका जनता धेरै चेतनशील र शिक्षित छन् । जनतालाई भ्रममा पारेर अघि बढ्न खोज्ने नेताहरू आफैं सकिने छन् । समयमै सबैमा चेतना भया ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता