काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिदमा आधारदरमा कर्जा प्रदान गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा नेपालस्थित टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट र बैंकबीच सम्झौता भएको छ । सम्झौतामा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिण्डिकेटका वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार युनाइटेड ट्रेडर्स सिण्डिकेटबाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधारदरमै अधिकतम १२ वर्ष अवधिको सवारी कर्जा लिन सक्नेछन् । साथै युनाइटेड ट्रेडर्स सिण्डिकेटले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत जनाएको छ ।






