काठमाडौं । नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर-प्रोभिन्सियल) डाइनामिक टेक्नो सफ्टले प्राप्त गरेको छ । आइसिटी दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डाइनामिक टेक्नो सफ्टलाई नेसनल आइसिटी अवार्ड २०२४ प्रदान गरेको हो । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डाइनामिक टेक्नो सफ्टलाई सातवटै प्रदेशतर्फको नेसनल आइसिटी अवार्ड प्रदान गरिएको बताइएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आइसिटीसम्बन्धी आफ्ना सेवाका साथै सफ्टवेयर विकास र वेब सर्भिसेस प्रदान गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगञ्ज र काठमाडौंमा कर्पोरेट हाउस सञ्चालनमा रहेको छ भने इटहरी, बुटवल, पोखरा र जनकपुरमा समेत शाखा विस्तार गरिसकेको छ । डाइनामिक गु्रपअन्तर्गतका कम्पनीलाई नेपाली र भारतीय बजारमा मात्र सीमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक साहले बताउनुभयो ।
तत्काल भुटान, बंलादेशलगायत एसियाली मुलुकमा कम्पनीका शाखा विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो । डाइनामिक टेक्नो सफ्ट प्रालिमार्फत् हाल चार सफ्टवेयर प्रोडक्ट रहेका छन् । कम्पनीले स्कुल, कलेज व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक इआरपी, व्यावसायिक अफिस म्यानेजमेन्ट र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएसजस्ता सफ्टवेयर विकास गर्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता