चितवन । चितवनको कालिका नगरपालिकाका सुकुम्बासी समुदायका अगुवाहरुलाई प्रकोप जोखिम न्यूनीकरण तथा जलवायू परिर्वतन अनुकुलको काममा अग्रसरताको लागि प्रयास सुरु गरिएको छ ।
कालिका नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहले सकुम्बासी समुदायलाई उक्त कार्यमा अग्रसर गराउन योजना बनाएर काम सुरु गरेका हुन् । सोही कार्यक्रम अन्तर्गत लुमन्तीले सुकुमबासी समुदायलाई सहभागी गराई अन्र्तक्रिया गरिएको छ ।
स्थानीय सरकारले प्रकोप व्यवस्थापन र जनबायु परिर्वतन अनुकुलनको लागि तर्जुमा गरेको योजनाको बारेमा जानकारी दिँदै सुकुमबासी समुदायलाई उक्त कार्यमा जिम्मेवार बनाउन प्रशिक्षणात्मक अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कालिका नगरपालिकासंगको सहकार्यमा लुमन्ती आवासका लागि सहयोग समुहले आयोजना गरेको सो कार्यक्रममा नगरपालिका शाखा अधिकृत प्रकासचन्द्र पौडेलले प्रकोप जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनको लागि तर्जुमा गरेका योजना र ऐन तथा कार्यविधि बारेमा जानकारी गराउनु भएको छ ।
सो नगरपालिकाले भवन निर्माण मापदण्ड निर्माण गरी कार्यान्वयन, फोहोर व्यवस्थापन कार्यविधि, खानी तथा खनिज उत्खनन् मापदण्ड, जनश्रोत तथा मुहान दर्ता कार्यविधि, जलबायु परिर्वतन र न्यूनीकरण कार्यविधि, वाताबरण तथा प्राकृतिक श्रोत संरक्षण, स्थानीय वन ऐन र एक विद्यालय एक फुलबारीको योजना बनाएर कार्यान्वयमा रहेको शाखा अधिकृत पौडेलले जानकारी दिनुभयो । विद्यार्थी मार्फत समुदायमा सकरात्मक सन्देश प्रबाह गर्न विद्यालयमा फुलबारी बनाउने योजना अघि सारिएको उहाँले बताउनु भयो । नगरका केही विद्यालयमा फुलबारी बनाउने काम सुरु भइसकेको भन्दै उक्त कार्यमा विद्यालय प्रशासनलाई जिम्मेवार बनाउँदै स्थानीय सरकारले मागका आधारमा विरुवा उपलब्ध गराएको पौडेलले बताउनु भयो । बृक्षारोपण र नीति निर्माण गरेर मात्र प्रकोप जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र जलबायु परिर्वतनको असर कम नहुने भन्दै उहाँले त्यसका लागि समुदाय स्तरको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई जीविकोपार्जनको लागि उद्यमशिलतासंग जोडिन आग्रह गर्दै शाखा अधिकृत पौडेलले चालु आर्थिक बर्षमा नगरपालिकाले ४०० जनालाई सीप मुलक तालिम दिएको बताउनु भयो । लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले नगर भित्रका सुकुमबासी समुदायको जीवन स्तर उकास्न समुदायको अगुवाईमा सामाजिक,आर्थिक रुपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
२०८० पौष महिनाबाट सुरु भएको सो परियोजनाले सुकुमबासी समुदायको क्षमता विकास, प्रकोप जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र जलबायु परिर्वतनमा अग्रसरता, साना भौतिक पूर्वाधार निर्माण तर्फ खानेपानी, शौचालय, तटबन्धन, घरर्ममत लगायतका काम गरिने कार्यक्षेत्र संयोजक लामाले जानकारी दिनुभयो । कालिका नगरपालिकाको १० वटा सुकुमकासी बस्तीको छनौट गरी कार्यक्रम सुरु गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच