
काठमाडौं । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताउनु भयो । उहाँले देश कमजोर हुँदा सबै कमजोर हुने भन्दै उहाँले सबैले मिलेर देश बनाउनुपर्ने बताउनु भयो । उहाँले अहिलेको प्रतिष्पर्धा व्यक्ति बलियो हुने देश कमजोर बनाउनेमा भइरहेको जिकिर गर्नुभयो । उहाँले देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज समृद्ध नेपाल, मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका कस्तो हुनुपर्छ ? कस्तो पत्रकार भयो भने समृद्ध नेपाल बन्नसक्छ । यो चिन्तन गर्ने थलो हो । आज देशको पनि समीक्षा होस् । देश कस्तो बनाउने हो ? देश कता जाँदैछ । देश बलियो भयो भनेमात्रै हामी बलियो हुन्छौँ । पत्रकार, नेता, जनता बलियो हुने हो । जब देश कमजोर हुन्छ हामी सबै कमजोर हुन्छौँ । हामी नेपालमा व्यक्ति बलियो हुने की राज्य बलियो हुने यो एउटा प्रतिष्पर्धामा हाम्रो नेपालमा व्यक्ति बलियो हुने देश कमजोर बनाउने काम भइरहेको छ । देश कमजोर हुनु भनेको हामी सबै कमजोर हुनु हो । देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था छ । हामी सबै नैतिक रुपमा कमजोर हुनुपरेको अवस्था छ । हामीले नैतिक बल कमजोर गरेका छौँ ।’
नेता गुरुङले नेकपा एमालेको मिसन ०८४ देश बनाउने मिसन रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच