
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।
विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।
मुख्यमन्त्री अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
एमाले संसदीय दलका नेता अधिकारी एमालेका २२, सभामुखसहित माओवादीका ८ र स्वतन्त्र राजीव गुरुङसमेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सो रिट सर्वोच्चले वैशाख १७ गते खारेज गरिदिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच