-हाेमनाथ सापकाेटा
चितवन । नेकपा (एकीकृत समाजबादी)चितवनको अध्यक्षमा नरेन्द्र कुमार कन्दङवा चयन हुनुभएको छ । भरतपुरमा सम्पन्न सो पार्टीको १० औं जिल्ला अधिवेशनले कन्दङवाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गग्गा लामा र ईश्वरी लामिछाने, सचिबमा हेमन्त प्रसाद कँडेल चयन हुनुभएको छ । उपसचिव पदमा भने आकांक्षी नेताहरु बीच सहमती हुन नसक्दा सो पद रिक्त राखिएको छ ।
त्यसैगरि जिल्ला कमिटी सदस्यमा भरतपुर महानगरबाट जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (विक) र सुुदन दराई, महिला सदस्यतर्फ प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ ।
युवा खुल्ला सदस्यमा महेशकुमार सुवेदी र भुपेन्द्र ढकाल, युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित भएका छन् । रत्ननगर नगरपालिकाबाट खुल्ला सदस्यमा चिन्तामणि आचार्य, हरिहर पौडेल, विष्णुप्रसाद अर्याल, गोकर्ण गिरी र दिपक थापा, महिला सदस्य तर्फ निर्मला कुमारी खड्का, पार्वती घिमिरे र संगिता खड्का कार्की तथा युवा तर्फ विजय खनाल चयन हुनुभएको छ ।
खैरहनी नगरपालिकाबाट दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक, हेम बहादुर गुरुङ, जमुना पाठक थपलिया चयन हुनुभएको छ । माडी नगरपालिकाबाट कमल बहादुर भुजेल र प्रेमराज तिमिल्सिना, रामचन्द्र लम्साल, धन रुपा महतो र चन्द्रकुमारी बाँनिया चयन हुनुभएको छ ।
त्यसैगरी राप्ती नगरपालिकाबाट बुद्धिमायाँ श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी, हिराबहादुर श्रेष्ठ, मिना दर्जी जिल्ला कमिटी सदस्यमा चयन हुनुभएको छ । समावेसी तर्फ दिनेश घलान, दलित तर्फ मन बिक र अपाङ्गता तर्फ डा.विपि शर्मा र ट्रेड युनियनतर्फ निरप्रसाद लामिछाने निर्वाचित हुनुभएकाे छ ।
बैशाख १९ गते सो पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेको जिल्ला अधिवेशन सहमतिमा नेतृत्व चयन गर्दै विहीबार राती सकिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता