
काठमाडौं । नेपाल पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न भएको छ । हिमालय टाइम्स पत्रिकाको केन्द्रीय कार्यालय बानेश्वरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो ।
उक्त साधारणसभा कार्यक्रममा विशिष्ट अतिथि हिमालय टाइम्स प्रतिष्ठान शाखाका सदस्य एवं हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले संस्थालाई संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै अधिकांश पत्रकारहरूको विद्यालय नै हिमलय टाइम्स रहेको बताउनुभयो । उहाँले हिमालय टाइम्स प्रतिष्ठान शाखालाई आग्रह गर्दै हिमालय टाइम्समा पत्रकारिता गरेकाहरूको खोजमूलक गरी अभिलेखीकरण गर्र्न निर्देशन दिँदै आफू पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
हिमालय टाइम्स प्रतिष्ठान शाखा अध्यक्ष चूडामणि कोइरालले पत्रकार महासंघले सदस्याता नवीकरणमा विलम्ब गरेको भन्दै नेतृत्वप्रति यथाशीघ्र सो विषयमा निर्णय लिन आग्रह गर्नुभयो । उपसम्पादक विनोद दाहाल ‘बत्स’ले सञ्चालन गर्नुभएको कार्यक्रममा हिमालय टाइम्स अनलाइनका सम्पादक सन्दीप पौड्यालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा शाखा सदस्यहरू श्याम भुजेल, लक्ष्मी शाक्यलगायतले नामावली नवीकरण सम्बन्धमा राखेको जिज्ञासामा प्रमुख अतिथि अधिकारीले प्रष्ट पार्नुभएको थियो । उहाँले प्रतिष्ठानले पत्रकारको हकहितका लागि सक्दो प्रयास गर्दै आएको बताउँदै समय-समयमा तालिम, गोष्ठी र पत्रकारका समस्याका बारेमा आफूहरूले वकालत गर्दै आएको उल्लेख गर्नुभयो । हिमालय टाइम्स प्रतिष्ठान शाखामा ४३ जना सदस्य हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच