स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । ईश्वरपुर नगरपालिका-४, सागरनाथमा आज बिहान स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा सागरनाथकै मिनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देविमाया थापा मगरको घटनास्थलमै ज्यान गएको हो । देविमायाले चलाएको बा ५४ प ६३०७ नम्वरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भइ सडक नजिक राखिएको टायरगाढामा गएर ठोक्किएको प्रहरीले जनाएकाे छ ।

मृतक महिलाको शव घटनास्थलमै रहेको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयाे । 'सारै दुःखद् घटना भयो, हामी अहिले घटनास्थलमा आएर थप अनुसन्धान गर्दै छौँ,' इन्स्पेक्टर श्रेष्ठले भन्नुभयाे, 'मृतकको शव पोष्टमार्टम गर्न पठाउन कानूनी प्रक्रिया पूरा गर्दै छौँ ।'

ADVERTISEMENT

दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते भएका छन् । घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयाे ।

इन्स्पेक्टर श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज