काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा तौलिहवा शाखा मातहतमा रहने गरी चौथो एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । ग्राहकलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यसाथ मंगलबार एक्सटेन्सन काउण्टर विस्तार गरिएको बैंकले जनाएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुईंकेलले संयुक्तरूपमा गर्नुभएको थियो ।
सो अवसरमा मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान, वडा १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समिति अध्यक्ष परमात्मा बानियाँ, इलाका प्रहरी कार्यालय पकडी प्रमुख प्रहरी निरीक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्सटेन्सन काउण्टर इन्चार्ज विमल केसीलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts