
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाममा कांग्रेसले चुनावमा हार बेहोरेपनि सम्मानजनक मत ल्याएको बताउनु भएको छ । उहाँले इलामको भूगोल विशेष रहेको र सोही अनुरुप नै रणनीति नबनाउँदा चुनावमा पार्टीलाई हारबाट जोगाउन नसकेको स्पष्ट पार्नु भयो ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगर नगर समितिद्वारा आयोजित ज्येष्ठ नागरिक तथा श्रमिक सम्मान कार्यक्रमलाई बुधबार गृहनगर धुलाबारीमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'कांग्रेसले चुनाव हारेको हो, नयाँ हौं, चुनाव जित्छौं भनेर हल्ला गर्नेहरुको जमानत नै जफत भयाे ।'
उहाँको सो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित थियोे । तर, उहाँले रास्वपा र सो पार्टीका नेताहरूको नाम भने लिनु भएन। महामन्त्री शर्माले एमालेले इलाममा चुनाव जितेपनि आफ्नो मत संरक्षण गर्न चुकेको बताउनुभयो । उहाँले कांग्रेसले पनि विगतको आफ्नो मत संरक्षण गर्न नसकेको स्वीकार्नु भयो ।
नेता, कार्यकर्तालाई ढाडस दिँदै महामन्त्री शर्माले भन्नुभयो,'चुनाव हो, हारजीत हुन्छ, एकपटक चुनाव हार्दैमा निरास हुनु पर्ने कारण छैन, पार्टीलाई रुपान्तरण गर्ने नै हो, कांग्रेसलाई जिताउने नै हो।' उहाँले त्यही केटी चाहिन्छ .... भन्ने गीतको हरफ उल्लेख गर्दै सहकारीको करोडौँ ठगी गर्ने र मलाई त्यही गृहमन्त्रालय चाहिन्छ भन्नेहरुको इलाममा हालत भएको बताउनुभयो।
' हामी काम गर्छौँ, गरिरहेका छौँ तर सबै ठिकठाक हुन समय लाग्छू उहाँले भन्नुभयो, 'प्रदेश १ को नामाकरणमा कमजोरी भएकै हो, पहिचान झल्कने गरी नामाकरण हुनुपर्थ्यो ।' आफूले पार्टी प्रवक्ता हुँदा नै सार्वजनिक रूपमा सो कुरा उठाएको र त्यो पार्टीको आधिकारिक धारणा भएको उहाँले प्रष्ट्याउनु भयो ।
'कांग्रेस एउटा जातिको मात्रै होइन, भिन्न भिन्न जाति, समुदाय र सबैको साझा पार्टी हो' महामन्त्री शर्माले भन्नुभयो, ' इतिहासले पुष्टि गरेको तथ्य हो कांग्रेस टाउको कटाउन तयार छु, झुकाउन चाहान्न भन्नेको पार्टी हो ।' उहाँले जिबी याक्थुम्बा, नारदमुनी थुलुङ, राधाकृष्ण थारु, डिबी परियार, रामनारायण मिश्र लगायत ५० औँ नेताको नाम लिँदै कांग्रेस जाति र समुदाय विशेषको पार्टी नभएको जिकिर गर्नुभयो।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भरत सुब्बा, कांग्रेस झापा-१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्यद्वय प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल लगायतले आ-आफ्नो धारणा राखेको कार्यक्रममा मजदुर र ज्येष्ठ नागरिकसहित १७ जनालाई महामन्त्री शर्माले सम्मान गर्नु भएकाे थियाे।
महामन्त्री शर्माले यतिबेला इलामको चुनावपछि आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा समय दिइरहनु भएको छ । शर्माले आज नै बाहुनडाँगी खानेपानीको साधारणसभालाई सम्बोधन गर्नुभयो । उहाँ आजै कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममासमेत सहभागी हुनुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच