काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ ।
२ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला बुधवारदेखि शुरु भएको छ । उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग,सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताउनु भयो ।
उहाँले काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताउनु भयो । उहाँले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताउनु भयो ।
उहाँले महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको बताउनु भयो । उहाँले पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्य्देश्य रहेको बताउनु भयो । उहाँले बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘महानगरपालिका लगायत अन्य सिटिभिटीबाट पनि तालिम दिइरहेका छन् । तर बजारमा यतार्थ हर्ने हो भने बेरोजगारको दर घटेको छ वा छैन । सरकारले दिएको तालिम र रोजगारीसँग जोड्न सकेका छौं कि छैनौं । हामीले दिएको तालिम र उत्पादनसँग जोड्न सकेका छौं कि छैनौं यो प्रश्न हामी सबैमा ठूलो प्रश्नको रुपमा आएको कारणले गर्दा पनि महानगरले सिप मेला आयोजना गरेका हौं । जसको कारणले गर्दा सप्लाई साइट जहाँबाट धेरै जनशक्तिहरु उत्पादन हुन्छन् । रोजगारदाता डिमाण्ड साइट छ । जुन सप्लाई र डिमाण्ड साइटबीच भएको मिसम्यास छ । केके तालमेल नमिलेको छ । बजारमा हे¥यो भने बेरोजगार धेरै छ । तर रोजगारदाताले भन्ने गरेका छन् ।खाजेको जस्तो जनशक्ति बजारमा छैन । यो तालमेल नमिलेको कारणले गर्दा मिसम्यासलाई म्याचिङ गराउनको लागि काठमाडौं महानगरपालिकाले सिप मेला आयोजना ग¥यो । हामीले सिप मेलाबाट पुलको काम गर्दै छांै । तालिम गरेर रोजगारीसँग जोड्न चाहनुहुन्छ । उहाँहरुलाई रोजगारदातासँग जोड्न खाजेका छौं । महानगरले शिक्षा पनि गरिखाने शिक्षा दिन थालेका छौं । शिक्षा पनि सिपसँग जाडिनुपर्छ । सिपबाट श्रमसँग जोडिनुपर्छ । श्रमलाई पनि उत्पादनसँग जोडिनुपर्छ भन्ने आजको सिप मेला आयोजना गरेका हौं । नयाँ वर्षसँगै सिप मेलाबाट कम्तिमा पनि २०८१ जनाले रोजगारीसँग जोड्न सक्यौं । स्वरोजगारको बाटो देखाउन सक्यौं भन्ने उदेश्य लिएका छौं । यो लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव छैन । निजी क्षेत्रले भने जस्तो काठमाडौं महानगरसँग जोड्ने अवसर सिप मेलाले दिएको छ । सम्पूर्ण रोजगारदातालाई अनुरोध गर्न चाहन्छौं । काठमाडौं महानगरपालिकासँग हातमालो गरौं । देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्यौं ।’
उहाँले निजीको काठमाडौं महानगरसँग मिलेर काम गर्ने भनाईलाई सार्थक बनाउनको लागि निजी क्षेत्रसँग हातेमालो गर्न महानगर तयार रहेको बताउनु भयो । उहाँले सिपमुलुक तालिममार्फत २ हजार ८१ जनालाई स्वरोजगारको बाटो देखाउन लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै निजी क्षेत्रको पनि साथ आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts