अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । साथै अन्य एक जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिनुभएको हो ।

प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारीले गोली चलाएपछि सो घटना भएको हो । मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनैपनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।

ADVERTISEMENT
  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज