काठमाडौं । विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी(नास्दक जिजिआर) र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जिएक्स २५० स्मार्ट स्कुटर नेपाली बजारमा ल्याएको छ । पहिलो ब्याट्री स्वापिङ स्टेसन रहेको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको स्कुटर नेपालस्थित आधिकारिक साझेदार नेबुला इनर्जी प्रालिले ल्याएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी याङ चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवा सुरुवातका साथै अल्टिमेट दुर्ईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटरको संयुक्तरूपमा बिक्री सुरु गरेका थिए । कम्पनीका अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधि र दिगो गतिशीलतामार्फत् नेपालको शून्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गर्ने बताउनुभयो । उहाँल भन्नुभयो, ‘नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुर्ई र चारपांग्रे सवारीसाधन अपनाउने कार्य सक्रियरूपमा प्रवद्र्धन गरिरहेको छ । यसमा हाम्रो साझेदारीले महत्वपूर्ण प्रभाव पार्ने निश्चित छ ।’ गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुर्ईपांग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिन समान दृष्टिकोण राख्ने भन्दै गोयलले गोगोरो स्मार्ट ब्याट्रीमा केही सेकेण्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न स्वापिङ अप्टिमाइज गरिएको बताउनुभएको छ ।
गोगोरोको नयाँ क्रसओभर स्मार्ट स्कुटर जिएक्स २५० नेपालका राइडरका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउण्ड क्लियरेन्ससाथ अप्टिमाइज गरिएको कम्पनीको दाबी छ । नेबुलाले सुरुमा रणनीतिक बिटुबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्ने र पछि हरेक दुई-तीन किलोमिटरमा एउटा स्टेसन उपलब्ध हुने गरी काठमाडौं उपत्यका वरपर गो स्टेसन्स स्थापना गर्ने योजना रहेको जनाएको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्प संख्याभन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने जनाएको छ ।
भारतको महाराष्ट्रमा निर्मित जिएक्स २५० भारतमा निर्मित पहिलो स्मार्ट स्कुटर हो । स्कुटरको नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्व बढाउने, आराम र स्थिरताका साथ ठूला भार पनि बोक्ने कम्पनीको दाबी छ । गोगोरो ब्याट्री स्वापिङ नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो, जुन स्मार्ट अनि सुरक्षित छ । राइडर, व्यवसाय र समुदाय गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts