काठमाडौंबाट ‘जाँउ हिड रेसुङ्गा’ अभियानको शुभारम्भ हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । पश्चिम नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा पर्यटन वृद्धिसंगै देशव्यापी रुपमा यहाँको प्रचारप्रसार गर्नका लागि काठमाडौंबाट ‘जाँउ हिड रेसुङ्गा’ अभियान २०८१ को शुभारम्भ गरिने भएको छ । शनिबार रेसुङ्गा नगरपालिकामा पत्रकार सम्मेलन मार्फत नगरप्रमुख खिलध्वज पन्थीले लुकेर रहेको भूस्वर्ग रेसुङ्गामा पर्यटन प्रवर्धनका लागि काठमाडाैंबाट देशव्यापी रुपमा पर्यटकहरुलाई निम्ता गर्न लागिएको बताउनुभयो ।

नेपालका अन्य प्रमुख शहरहरु पर्यटकीय राजधानी पोखरा, लुम्बिनी प्रदेशको व्यापारीक केन्द्र बुटवल, नेपालगन्जलगायतका ठुला शहरहरुबाट पनि ‘जाँउ हिड रेसुङ्गा’ अभियानलाई निरन्तरता दिने बताउनुभयो । काठमाडौंमा आयोजना गर्न लागिएको ‘जाँउ हिड रेसुङ्गा’ अभियानको कार्यक्रमका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख पन्थीले उक्त समारोहको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने बताउनुभयो ।

ADVERTISEMENT

वैशाख २० गते बत्तीसपुतली अनुपम फुड्ल्याण्ड पार्टि प्यालेश काठमाडौंमा एक भव्य समारोहका बीच ‘जाँउ हिड रेसुङ्गा’ अभियान २०८१ को शुभारम्भ हुने कार्यक्रममा सम्माननीय प्रधानमन्त्री प्रचण्डका साथै देशका बिशिष्ट व्यक्तित्व एवम् शुभचिन्तकहरुको उपस्थिति रहने बताउनुभयो । कार्यक्रममा सहभागी भएर सफल बनाउन आम गुल्मीबासीलाई समेत नगरप्रमुख पन्थीले आव्हान् गर्नुभयो । देश बाहिर र देश भित्रबाट ५५ जिल्लाका पर्यटकहरुले रेसुङ्गाको भ्रमण गर्नुभएको छ । ‘जाँउ हिड रेसुङ्गा’ अभियानलाई थप प्रभावकारी बनाउनका लागि देशका मुख्य शहरहरुबाट रेसुङ्गाको प्रचारप्रसार थाल्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?