चितवन । फुड डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा हुँदै चितवनमा पनि विस्तार भएको हो । अब चितवनवासीले समेत अनलाइनबाटै खानेकुरा अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, ‘फुडमाण्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टका खानेकुरा घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत् डेलिभर गर्न हामी उत्साहित छौँ ।’
त्यस्तै, कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, ‘हामी फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीका रूपमा नेपालका मुख्य शहरमा क्रमशः फैलाउने योजनामा छौँ । काठमाडौं, पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो ।’ फुडमाण्डुले आफैं खाना बनाउँदैन, रेस्टुरेन्टमा पाइने खाना उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्छ ।
ग्राहकले मोबाइल एप, वेबसाइट र फोनमार्फत् खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमाण्डुमा आबद्ध रेस्टुरेन्टले तयार गर्छन् । फुडमाण्डुसँग हाल एक हजारभन्दा बढी रेस्टुरेन्टहरू आबद्ध रहेको बताइएको छ । चितवनमा सेवा विस्तारका अवसरमा कम्पनीले वैशाख ३१ सम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत अर्थात् पाँच सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा