काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ । खातावाल राजेन्द्र पिठाकोटीको दुर्घटनामा मृत्यु भएकाले बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकतर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सतर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्तरूपमा बिमा रकम हस्तान्तरण गर्नुभएको हो ।
पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ खाता खोल्नुभएको थियो । बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख दुर्घटना बिमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधि उपचार बिमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य सेवाहरूमा छुट प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता