सर्लाही । सर्लाही जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-९ मा घरको छतबाट खसेर गएराति एक पुरुषको ज्यान गएको छ ।
मलंगवा-९ का दिनेश राउतको घरमा डेरा गरी बस्ने मलंगवा-१० का ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर ज्यान गएको हो ।
राति घरको छतबाट खसेका सन्तोषलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताउनुभयाे ।
उहाँले घटनाका विषयमा प्रहरीले थप बुझ्दै गरेकाे बताउनुभयाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता