
दाङ। पछिल्लो समय दाङमा किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् ।
सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४, सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकै खेती गर्न थाल्नुभएको छ । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्ने गरेको छ ।
हरियो मकैको प्रतिघोगा पाँचदेखि १० रुपियाँका दरले बिक्री हुने गर्दछ भने सुकेको मकै प्रतिक्विन्टल ३५ हजार रुपियाँका दरले बिक्री हुन्छ । त्यससँगै बोटसमेत घाँसका रूपमा बिक्री हुने गर्दछ । एक बाली मकै खेती हुने जमिनबाट दुई बाली खेती गर्न सकिने र आम्दानीसमेत बढी लिन सकिने भएकाले मकै खेतीतर्फ लागेको लमही नगरपालिका–३ निवासी किसान टुनुराम चौधरी बताउनुहुन्छ । लालीगुराँस जैविक विविधता कृषक समूहका अध्यक्षसमेत रहेका चौधरीले ३६ कट्ठा जमिनमा व्यावसायिक मकै खेती गर्दै आउनुभएको छ । मकै खेतीबाट वर्षमा पाँच लाख बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
उहाँका अनुसार लमही, भालुबाङ, घोराहीलगायतका बजारमा मकै पोलेर बिक्री गर्नेहरूसँगै घरमै आएर लग्ने भएकाले बिक्रीमा समेत समस्या छैन । परियोजनाले सहयोग गरेपछि लमही नगरपालिकासँगै गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा मकै खेती गर्ने किसान थपिएका छन् ।
बेमौसमी मकै खेतीबाट आकर्षक आम्दानीसँगै खेती गर्नका लागि किसानलाई प्रविधिसँगै बिउबिजन सहयोग गरेपछि धेरै किसान मकै खेतीमा जोडिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ दाङका कृषि अधिकृत हेमन्त पौडेल बताउनुहुन्छ ।
कृषि अधिकृत पौडेलका अनुसार परियोजना सुरु भएपछि करिब १५÷१६ प्रतिशतमा रहेको हिउँदे मकै खेती बढेर दुई सयदेखि तीन सय र १२/१३ प्रतिशतमा रहेको वसन्त मकै खेती बढेर अहिले १७÷१८ सयदेखि दुई हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको बताउनुहुन्छ ।
परियोजनाले किसानलाई खेती गर्नेदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि सुक्खा समयमा खाली हुने जमिन अहिले मकै खेतीले हरियाली भएको कृषि अधिकृत पौडेल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “जिल्लामा मकै खेतीको राम्रो सम्भावना भए पनि गर्ने तरिका बारेमा थाहा नहुँदा परम्परागत रूपमा किसानले खेती गर्दै आएका थिए तर परियोजना लागु भए पनि किसानलाई मकै खेती गर्ने तरिकासँगै यान्त्रिकीकरणमा सहयोग गरेपछि अहिले धेरै किसान जोडिएका छन् ।” जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सालदेखि मकै खेती प्रवर्धनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ सञ्चालनमा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच