काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिकमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल दुई सयजनाभन्दा बढी वरिष्ठ अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृश्यहरू अवलोकन गराउने र मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताबीच एकआपसमा अन्तरक्रिया भर्इं अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्ने भएकाले कम्पनीले यस्तोे योजना बनाएको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts