काठमाडौं । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज रूपन्देही र बागमती प्रदेश कृषि सहकारी संघबीच सम्झौता भएको छ । विभिन्न कार्यक्रम सञ्चालनका लागि दुर्ई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ग्रामीण कृषि सहयात्री छनोट गर्ने, साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम सञ्चालन गर्ने, वित्तीय पहुँच तथा बजारीकरणमा मद्दत गर्नेलगायतका कार्यक्रम नियमितरूपमा सञ्चालन रहने संघका सञ्चालक रविलाल आचार्यले बताउनुभएको छ ।
बागमती प्रदेशमा रहेका कृषि सहकारीमा आबद्ध सेयर सदस्यलाई सेवा पुर्याउने उद्देश्यले गरिएको सम्झौतापत्रमा श्रीनगर इण्डस्ट्रिजका अध्यक्ष सतिसचन्द्र श्रेष्ठ र केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठकले हस्ताक्षर गर्नुभएको छ ।
प्रदेश सहकारी संघबाहेक एकैपटक थप नौ साना किसान कृषि सहकारीसँग पनि श्रीनगरले साझेदारी कार्यक्रम सञ्चालनका लागि हस्ताक्षर गरेको छ । सम्झौता गर्ने सहकारीमा साना किसान कृषि सहकारी सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुर्ईपिपल र चैनपुर रहेका छन् ।
श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दानासमेत उत्पादन गर्दै आएको छ । कम्पनीले कृषिमा साझेदारी कार्यक्रमअनुसार साना किसान कृषि केन्द्रमार्फत् कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवा पनि प्रदान गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements