
इलाम। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचानको मुद्दा सबैभन्दा पहिला कांग्रेसले उठाएको र त्यसको सम्बोधन पनि कांग्रेसले मात्रै गर्न सक्ने स्पष्ट पार्नु भएको छ ।
उपनिर्वाचन अन्तरगत इलामको चुलाचुलीमा मंगलबार कांग्रेसले आयोजना अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा कांग्रेस अरुभन्दा अघि रहेको दाबीसमेत गर्नुभयो ।
‘कोशी प्रदेशको अहिलेको मुद्दा पहिचानको हो, सबैभन्दा पहिला यो मुद्दा कांग्रेसले नै उठाएको हो’ उहाँले भन्न्भयो, ‘गत माघ ७ गते मैले पहिचानवादी आन्दोलनका उच्च तहका नेतासँग लामो छलफल गरेको छु, यो समस्या मैले राम्ररी बुझेको छु ।’
नेता कोइरालाले पहिचानको अहम् मुद्दा आत्मसात गर्ने पार्टी कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई मतदान गर्न पहिचान पक्षधरलाई आग्रह समेत गर्नुभयो । नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसलाई सुशासनको कुरा सिकाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
‘चितवन, बुटवल, पोखरा, धादिङ, काठमाडौँका जनता सहकारी ठगीको मुद्दा उठाइ रहनु भएको छ, कांग्रेसले उठाएको होइन’ नेता कोइरालाले भन्नुभयो, ‘जनताले लगाएको ठगीको गम्भीर आरोप खेपिरहेकाले कांग्रेसलाई सुशासनको कुरा सिकाउने ?’
उहाँले सहकारी ठगीको छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी समेत दिनुभयो ।
चुलाचुली र इलाम क्षेत्र नम्बर २ को समस्यासँग कांग्रेस पूर्णजानकार रहेको बताउनु भएका उहाँले चुलाचुली, महमाई र साक्फारा सडक कांग्रेसकै नेतृत्वमा निर्माण हुने बताउनु भयो । नेता कोइरालाले कांग्रेसको पहलमा इलाम २ को पायक पर्ने स्थानमा मालपोत र नापी शाखा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कांग्रेसले भ्रष्टाचार कुशासन रोक्ने दृढता व्यक्त गर्नु भएका कोइरालाले भ्रष्टाचारका विषयमा कठोर निर्णय गरेर कांग्रेस अघि बढ्ने बताउनु भयो । उहाँले कांग्रेसले आत्मसात गरेका भ्रष्टाचार र कुशासनको अन्त्य तथा पहिचानको मुद्दा सम्बोधन गरेरै छाड्ने दोहोर्याउनु भयो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच