सुनकोशी-मरिण डाइभर्सनको क्षेत्र विस्तार गर्न माग

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको क्षेत्र विस्तारिकरण गरी चुरेभेगमा पनि सिँचाई सुविधा पुर्‍याउन पहल गरिदिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराइएको छ । लालबन्दी नगरपालिकाको अगुवाईमा गठित कार्यदलले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउँदै प्रधानमन्त्रीसँग यस्तो माग राखिएको हो ।

आयोजनाको क्षेत्र विस्तारिकरण गरी चुरे श्रृङ्खलादेखि दक्षिण र विद्यमान बागमती सिँचाई आयोजनाको संरचना क्षेत्रदेखि उत्तरका गाउँ वस्तीमा सिँचाई तथा खानेपानीको सुविधा पुर्‍याउने उद्देश्यले गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाइएको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले बताउनुभयो । प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन बमोजिम मरिणखोलामा झर्ने पानीको केही अङ्श लखन्देही खोलामा ल्याउने सम्वन्धी पुरक आयोजना प्रस्ताव प्रधानमन्त्रीसँगै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र खानेपानी मन्त्री राजेन्द्र कुमार राईलाई समेत बुझाइएको लालबन्दीका नगरप्रमुख अधिकारीले बताउनुभयो ।

अहिले भइरहेको काम अनुसार सिन्धुलीको कुसुमटारमा झारिने सुनकोशीको पानी बागमती नदीमा ल्याएर झार्दा तराईका सर्लाही, रौतहट, बारा, महोत्तरी र धनुषाको राजमार्गदेखि उत्तरतर्फ चुरेका ठूलो भूभाग सिँचाईबाट बञ्चित नै हुने भन्दै आयोजना विस्तारिकरण गर्न माग गरिएको हो । मरिण खोला हुँदै ल्याइने पानी लालबन्दी नगरपालिका १४ स्थित लखन्देखी खोलाको सहायक नदी डाइनी खोलामा झारेर पत्थरकोटमा ल्याएर बाँध कस्न सके यि पाँच जिल्लाका चुरेफेदीमा पनि सिँचाई सुविधा पुग्ने भन्दै प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसँगै उर्जा र खानेपानी मन्त्रीलाई बुझाएर ध्यानाकर्षण गराइएको हो ।

ADVERTISEMENT

सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री महिन्द्र राय यादव, लालबन्दीका नगरप्रमुख अधिकारीसहित कार्यदलका अन्य सदस्य काठमाडौं पुगेर प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्वन्धित मन्त्रालय तथा निकायमा सम्भाव्यता अध्ययन गर्न पचात्रार समेत गर्नुभएको लालबन्दीका नगरप्रमुख अधिकारीले बताउनुभयो ।

मधेश प्रदेशका यि पाँचवटै जिल्लाको चुरे भेगमा सिँचाई तथा खानेपानीको चरम समस्या छ । यस भेगमा हिउँदका केही महिना खानेपानीको हाहाकार मच्चिने गरेको छ भने सिँचाईका लागि आकाशे वर्षाको विकल्प छैन् । सुनकोशी-मरिण डाइभर्सन आयोजनाले यस क्षेत्रलाई नसमेट्ने भएपछि यहाँका जनप्रतिनिधि निरन्तर आयोजना विस्तारिकरणको पहलमा लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज