काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेर प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको हाे ।
अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा काराेबार भैरहेकाे छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts