काठमाडौं । आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथी काठमाण्डौको समय अनुसार ११ गते विहान ३ः४७ बजेदेखि १२ गते विहान ५ः४३ बजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको छ ।
हनुमान जयन्तीमा, दिनको शुरुवात धार्मिक स्नानबाट सुरु गर्नुपर्छ। यसदिन भक्तहरू हनुमान मन्दिर जान्छन् वा घरमा पूजा गर्छन्। यसका लागि हनुमानजीको मूर्तिमा सिन्दूर लगाउनु राम्रो हुन्छ।
यदि तपाई पुजा गर्न चाहनुहुन्छ भने धूप, दीप नैवेद्य अर्पण गर्नुहोस् र मन्त्र जप गरी हनुमानजीको पूजा गर्नु राम्रो हुन्छ। त्यसपछि हनुमान चालिसा, आरती र बजरंग बान पाठ गर्नुहोस्। यदि असहाय वा वृद्धलाई सहयोग गर्दा हनुमान खुशि हुने विश्वास छ ।
यसपटक हनुमान जयन्तीलाई विशेष मानिन्छ । वास्तवमा, हनुमान जयन्तीमा केही विशेष संयोगहरू हुन गइरहेका छन्। वास्तवमा मंगलबार हनुमान जयन्ती परेको छ । साथै यस दिन हनुमान जयन्ती चित्र नक्षत्र र वज्र योगको संयोग भएको छ । यी शुभ योगहरूमा पनि हनुमानको पूजा गर्न सकिन्छ।







