काठमाडौं । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवातालजस्तै भक्तपुरको ३३ पोखरीलाई राम्रो आम्दानीको स्रोत बनाउन भक्तपुर टुर्सले पहल गर्दै आएको छ । जसका लागि आवश्यक दक्ष जनशक्तिलाई विद्यालय तहबाट जागरुक गर्ने उद्देश्यले कक्षा ७ र ८ का विद्यार्थी र स्थानीय विषय अध्यापन गराउने शिक्षकलाई आफू आबद्ध विद्यालय रहेको वडानजिकै पर्ने पोखरीको अध्ययन अवलोकन गरी कुनै एक पोखरीमा कसरी, कहिले, के कस्ता व्यवसाय गर्न सकिन्छ, त्यसका लागि व्यावसायिक सोच तयार गर्न कम्पनीले आहृवानसमेत गरेको छ ।
वैशाख १४ गते विद्यालयहरूले पोखरी भ्रमण गरी आवश्यक सूचना संकलन गर्न सक्ने बताइएको छ । एउटै पोखरीको अध्ययन गर्ने एकभन्दा बढी विद्यालय भएमा संयुक्तरूपमा अध्ययन गरी व्यावसायिक सोचको प्रतिवेदन पेश गर्नुपर्नेछ । हाल ३३ पोखरी पदमार्गमा पर्ने पोखरीमा माछापालन र नौका विहारका व्यवसाय चलिरहेका छन् ।
उल्लेखित व्यवसाय कुनै पनि विद्यालयले व्यवस्थापन गरिरहेका छैनन् । विद्यालयलाई पोखरीको व्यवस्थापन स्थानीय समुदायसँगको सहकार्यमा कसरी गर्ने हो, त्यसको खाका कोर्न भनिएको छ । पोखरीको माध्यमबाट गर्न सकिने आयआर्जनका क्रियाकलापमा साझेदारी गर्न समझदारीपत्रसमेत बनाइने र समझदारीमार्फत् दुवै पक्षका लागि फाइदा हुने भएपछि ३३ पोखरी पदमार्गमा विद्यालय र समुदायको साझेदारीमा व्यवसाय सुरु हुने बताइएको छ ।
३३ पोखरी परिक्रमाका लागि अतिथि ल्याउने काम भक्तपुर टुर्सले निरन्तर गरिरहेकोमा अतिथि लक्षित गरी पोखरीमा नयाँ–नयाँ पेशा, व्यवसाय र सेवाको व्यवस्थापनका लागि विद्यालयहरूसँंग सहकार्य गर्न लागिएको भक्तपुर टुर्सले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts