काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ ।
काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविनको माग गर्दै संसद बैठक समेत अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको बताउनुभएको हो ।
ललितपुरमा गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उहाँले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भिर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत नराख्ने बताउनु भयो । अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भयो । उहाँले सत्ताबाट हटनु परेपछि काँग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको उहाँको भनाई थियो ।
ओलीले भन्नुभयो, ‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली काँग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ । यही हतासोले उसलाई प्रतिसोधको राजनीतिमा पु¥याएको छ । फागुन २१ गतेबाट शुरु भएको नयाँ समिकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास ग¥यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरुलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव ग¥यो । तर काँग्रेसको प्रस्ताव अस्विकार गर्दै ती दलहरु नयाँ राजनीतिक समिकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्क संगत आधार छैनन् । सहकारी क्षेत्रमा गम्भिर समस्या देखापरेका छन् । वचतकर्ताको अर्बौं रकम हिनामिना भएको छ । र यसको गम्भिर छानविन गरी दोषीलाई कानूनी कारबाही गरिनु पर्छ । यस विषयमा पार्टी स्पष्ट छ । तर निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन । हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भिर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत राख्दैन ।’
त्यस अवसरमा अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानविन गरी दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको पनि बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता