काठमाडौं । विश्वप्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा शोरुम स्थापना गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेतामध्येको एक हो ।
गत १८ वर्षदेखि अमेरिकाको सबैभन्दा धेरै बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको ऐसलेका विश्वभर ६६ राष्ट्रमा ११ सयभन्दा बढी होमस्टे सञ्चालनमा रहेका छन् । ऐसलेको नेपालस्थित आधिकारिक बिक्रेतामा एसएन जोशी एण्ड सन्स कम्पनी प्रालि रहेको छ ।
विश्वविख्यात फर्निचर ब्राण्ड नेपालमा ल्याई उत्कृष्ट उत्पादकलाई नेपालीमाझ साक्षात्कार गराउने उक्त कम्पनी विगत २० वर्षदेखि फर्निचर क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
शोरुममा विभिन्न लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जासहित आवश्यक सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता