काठमाडौं । ड्रिम इन्टरनेसनल होटलले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासन प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमबीच ड्रिम इन्टरनेसनल होटलका अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुपअन्तर्गतको ड्रिम इन्टरनेसनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको अध्यक्ष गोपाल रानाले बताउनुभएको छ ।
पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटलले सहलगानी गर्दै देशका सातवटै प्रदेश तथा पर्यटकीय गन्तव्यमा होटल स्थापना गर्ने योजना बनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता