काठमाडौं । डिसहोम फाइबरनेटले ‘क्याच द बिग अफर’ ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले अब अपत्यारलाग्दो मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सय एमबिपिएस इन्टरनेट प्याकेज सात हजार पाँच सय २२ रुपैयाँमै १२ महिनाका लागि प्राप्त गर्न सकिनेछ । दुई सय एमबिपिएस प्याकेज पनि सोही हाराहारी अर्थात् सात हजार सात सय ८८ रुपैयाँमात्रै रहेको छ ।
अझ छिटो गति खोज्नेले नौ हजार नौ सय १२ रुपैयाँमा १२ महिनाकै लागि तीन सय एमबिपिएस प्याकेज रोज्न सक्नेछन् । साथै प्रत्येक प्याकेजसाथ निःशुल्क फाइभजी राउटर पनि रहेको छ । कम्पनीले अफर घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको उद्घाटन खेलसँगै गरेको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता