दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटना हुँदा १४ यात्रु घाइते

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका-२ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ । घोराहीबाट रुकुम जाँदै गरेको रा. १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?