काठमाडौं । नेपाल एसबिआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको हो । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपछि ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts