पोखरा । साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ ।
७० वर्षिय साहित्यकार पंगेनीको उपचारको क्रममा मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार जन्डिस र निमोनियाबाट स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।
पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् ।
यसका अतिरित्त प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) शिवका प्रकाशित कृतिहरू हुन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता