अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । गत तीन दिनमा अफगानिस्तानका केही भागहरूमा भारी वर्षा, हिमपात र बाढीका कारण ३३ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले बताउनु भयो । काबुलसहित अफगानिस्तानका ३४ प्रान्तहरूमध्ये झन्डै आधामा शुक्रवारदेखि भारी वर्षा वा हिमपात भइरहेको छ ।

भारी वर्षा, हिमपात उरुजगान र पञ्जशीर लगायतका धेरै प्रान्तहरूमा बाढीका कारण ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएका बताइएको छ । बाढीका कारण ६ सयभन्दा बढी घरमा क्षति पुगेको अधिकारीले जानकारी दिँदै उक्त आँधीले देशका १ हजार ९५० एकड खेतीयोग्य जमिन र ७५ किलोमिटर सडकमा क्षति पुर्‍याउनुका साथै २०० भन्दा बढी गाईवस्तु मारेको अधिकारीले बताए ।

ADVERTISEMENT

अधिकारीको सहयोगमा सहायता निकायले २२ हजार ८५१ बाढीपीडित परिवारलाई मानवीय सहायता उपलब्ध गराएको र प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने प्रक्रिया जारी रहेको सैकले बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज