टोकियो । जापानमा जनावरमाथिको दुर्व्यवहारको संख्या गतवर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गतवर्ष जनावरमाथि भएका दुव्र्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट बढेर १८१ पुगेको छ । ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लंघन गरेको आरोपमा सन् २०२३ मा १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ । सन् २०१० देखि संकलन गर्न थालिएको तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
दुव्र्यवहारका घटनामध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुर रहेका थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ । बिरालो र कुकुरका १६२ घटनामा जनावरलाई बेवारिसे छाडेको ६४ वटा घटना, मृत्यु वा चोटपटकको कारण ४१ र जनावरलाई राम्ररी खुवाउन नसकेका वा स्वच्छ वातावरणमा नराखेको ५७ घटना छन् ।
कोभिड महामारीको समयमा घरपालुवा जनावरहरू राख्ने मानिसहरू जनसंख्या बढेको तर पछि सामान्य जनजीवनका कारण उनीहरू व्यस्त हुन थालेपछि पशु दुव्र्यवहारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । रासस/सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts