मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट पुरुष घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-मन्जु मैनाली

हेटौंडा । मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका-७ बस्ने ३२ वर्षीय रमेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान आफ्नै खेतमा पानी लगाउन गएका बोटेलाई नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले आक्रमण गरेको हो ।

ADVERTISEMENT

आक्रमणबाट गम्भीर घाइते बोटेको ढाड र अनुहारमा चोट लागेको जनाइएको छ ।

मनहरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज