काठमाडौं । पानस रेमिट नामबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स कम्पनी अब निओ मनि ट्रान्सफरबाट सञ्चालनमा आएको छ ।
एक दशकभन्दा लामो समयदेखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफूलाई निओ मनि ट्रान्सफरका नाममा रिब्राण्ड गरेको छ ।
कम्पनीले नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरी न्यूनतम शुल्कमा छिटो, सुरक्षित र भरपर्दाे तरिकाले रेमिट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार निओ अर्थात् नयाँ वा पुनर्जीवित रूप हो भने निओ मनि ट्रान्सफर नयाँ नाममात्र नभई विप्रेषण सेवा आधुनिकीकरण, ग्राहक लक्षित भई विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान हो ।
निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायका रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताका लागि प्रतिबद्धतासाथ आप्रवासी नेपालीका लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै उनीहरूलाई सरल तथा न्यूनतम लागतमा सेवा प्रदान गर्नेछौँ ।’






