
काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरिएको छ । यस्तै सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको छ सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच