काठमाडौं । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मीमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार कुर्मीले नक्कली प्रमाणपत्र पेस गरी अध्यापन गरिरहेको भन्दै छानबिनको माग गर्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा कुर्मीले ठाकुर महेश्वर प्रसाद सिंह संस्कृत प्रा। सह उच्च विद्यालय भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र लिएको पाइएको थियो ।
उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको आयोगले जनाएको छ ।







Breaking news with related posts