सुनकाे मुल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । केही दिनदेखी बढीरहेकाे सुनकाे मुल्य नेपाली बजारमा आज पनि बढेर हालसम्मकै उच्च मुल्य कायम भएको छ । बिहिबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज