काठमाडौं । ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट र बारले आगामी १२ अप्रिल २०२४ अर्थात् चैत ३० गते नयाँ वर्षको उत्सवका लागि तयारी गरेको छ । विशेष उत्सवमा नेपालको हिमालदेखि तराईसम्मका भूभाग दर्शाउने भूस्वरूपको सजावट गरिनुका साथै उत्कृष्ट नेपाली भोजनको पनि आनन्द लिन सकिने रेस्टुरेन्टले जनाएको छ ।
नेपाली शैलीमा नयाँ वर्षलाई स्वागत गर्दै नेपाली खाना, नेपाली सजावट साथमा उद्घोषक हास्य कलाकार विश्वास तिमल्सिना (बिटी कान्छा) को प्रस्तुतिबाट सुरु भई अमित जंग र ‘मुक्ति एण्ड रिभाइबल’ को प्रस्तुतिसँग नयाँ वर्षको शुभारम्भ हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि खल्तीमार्फत् बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements