इलाम । वैशाख १५ मा हुुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ मा हालसम्म ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेको तर्फवाट स्वर्गिय सुुवास नेम्वाङका छोरा सुुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्वरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीवाट मिलन लिम्वुु, नेकपा एसवाट जितवहादुर राई, जनमत पार्टी प्रेमदिप लिम्वु, नेमकिपाबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनवाट मणि बहादुर लिम्वु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले मनोयन दर्ता गराउनु भयाे ।
त्यस्तै डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौलाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनु भयाे ।
यस क्षेत्रवाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता