काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई र कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।
आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।
खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएकाे थियाे । उहाँ एमालेका नेम्वाङसँग ११४ मतले पराजित हुनुभएकाे थियाे ।
इलाममा एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ उम्मेदवार छन् ।
आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।
यस्तै कांग्रेसको संसदीय बोर्डको बैठकले बझाङको प्रदेश सभामा सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहनुभएका पृथ्वीबहादुर सिंहको निधन पछि उहाँकै छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts