बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । बम आक्रमणको चेतावनी पछि नर्वेको संसद बुधवारबाट बन्द गरिएको छ । राष्ट्रिय प्रशारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा र बुधवार बिहान बकम आक्रमण गर्ने अर्को धम्की आएपछि बन्द गरिएको जनाएको हो ।

प्रहरीले दुई धम्कीहरूको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ । संसदमा प्रवेश गर्ने सबै प्रवेशद्वारहरू बन्द गरिएको छ । बुधवार बिहान १० बजेदेखि भवन वरपरका क्षेत्रलाई पनि घेराबन्दी गरिएको थियो ।

ADVERTISEMENT

सुरक्षा उपायहरूले संसद भवन वरपरको ट्राफिक प्रवाह र सार्वजनिक यातायात सेवाहरूमा उल्लेखनीय समस्या निम्त्याएको छ । नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गर्नुभएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज