काठमाडौं । गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ परेका छन् । मदिरा पिएर होहल्ला गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले हिमालय टाइम्सलाई जानकारी दिएका छन् ।
उनीहरूलाई गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट प्रहरीले पक्राउ गरेको हो ।
मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नर्गन आग्रह गर्दा उनीहरुले अटेरी गरी प्रहरीको सरुवा गरिदिने धम्की दिएकाे प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूकाे साथमा रहेका अन्य पाँच जनालाई पनि पक्राउ गरिएकाे छ ।







