-मन्जु मैनाली
हेटौंडा । हेटौंडा-१२ स्थित मिलनचोकको एक गोठमा आगोलागी हुँदा २ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोमबार स्थानीय सोनमायाँ घलानको गोठमा आगोलागी भइ पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त धनमाल जलेर क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीकाअनुसार गोठमा रहेको २ वटा बाख्रा जलेर घाइते भएको र मानविय क्षति नभएको बताईएको छ । गोठमा लागेको आगो प्रहरी, स्थानियबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता