काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताउनुभएको छ ।
सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताउनुभएको हो ।
उहाँले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताउनु भयो । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताउनु भयो ।
महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताउनु भयो । उहाँले एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कुनै पार्टीको अनुशासनले कसैलाई छेक्नेवाला छैन अब । सबैले बुझ्नुपर्छ । पार्टीको अनुशासन लागु गर्ने समय अब नेपालमा छैन । पार्टीको आदेशमा पुरानै तरिकाले राजनीति चल्नेवाला छैन । सब मान्छे तरंगित छ अहिले नेपालमा । सहरको बुद्धिजिवीदेखि मध्यमवर्ग, व्यवसायीदेखि लिएर गाउँसम्मको सामान्य किसानपनि नयाँ चिजको प्रतिक्षा र खोजीमा दौडिरहेको छ । हामीले आँट गर्नुपर्छ, एक्लै एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने मात्रै होइन कि अगाडी बढ्न चाहाने सबै जनताको बिचमा माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभए जस्तै खुल्लम खुल्ला घोषणा गर्न सक्नुपर्छ । दाबी गर्न सक्नुपर्छ । नेपालको अग्रगमन के हो ? रुपान्तरणको आन्दोलन के हो ? नेपाली जनताको मुक्ति कसरी सम्भव छ भन्नेकुरामा कुन विचार, व्यवस्था, कार्यदिशाबाट यो कुरा भन्ने बेला भएको छ । भन्न कुनै डराउनुपर्ने कुराहरु छैन । यो बहश नेपालमा आवश्यक भएको छ । हामी एक्लै सही हौँ भनेर दाबी गर्ने छुट हामीलाई छैन । हामीले तिन करोडलाई अहिले जो क्रान्तिको खोजी भएको छ, हामीले भन्ने बेला भएको छ । हामी यसरी अगाडी बढ्न, यसरी निकास दिन चाहान्छौँ भन्ने कुरा भन्ने बेला भएको छ । हामी तयार भएका छौँ ।’
महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताउनु भयो । उहाँले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताउनु भयो । उहाँले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कम्युनिस्ट पार्टीको रातो झण्डालाई अझै हामीले उठाउनुपर्छ । माथि उठाउनुपर्छ र नेपालमा वैज्ञानिक समाजवाद, साम्यवादको महान उद्देश्य पूरा नभएसम्म यसलाई निरन्तर अगाडी बढाउनुपर्छ । त्यो बढाउनेमा आज एकीकृत जनक्रान्तिको नेतृत्व गर्न पाइरहेको नेतृत्वको नाताले म प्रतिवद्धता गर्न चाहन्छु यो झण्डा कहिल्यै पनि झुक्न दिइने छैन । क्रान्तिको झण्डालाई कहिल्यै झुक्न दिइँदैन । त्यो दायित्व हामीसँग छ । यसलाई अन्तिमसम्म फहराइने छ । केवल नेपालमा मात्रै होइन, श्रमिकहरुको रातो झण्डालाई नेपालमा मात्रै फहराउने होइन विश्वभरी फहराउने कम्युनिस्टहरुको सपना छ, नेपालबाट त्यसलाई मजबुत ढंगले उठाइरहनुपर्छ ।’
महासचिव चन्दले आफूहरुले जनताको सेवक बनेर काम गर्ने बताउनु भयो । उहाँले चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts