काठमाडाैं । मध्य गाजापट्टीको अल-अक्सा अस्पतालमा आईतवार इजरायली बमबारीमा कम्तिमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएको प्यालेस्टिनी प्रत्यक्षदर्शी र स्रोतहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले ड्रोनले डेर अल-बालाह शहरको अल-अक्सा अस्पतालको आँगनमा रहेका व्यक्तिहरुमाथि मिसाइल प्रहार गरेको बताए ।
प्यालेस्टिनी चिकित्सा स्रोतहरूले आक्रमणमा चार जनाको ज्यान गएको र दुई पत्रकारसहित अन्य १७ जना घाइते भएको बताए ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता